













१९८
Shares
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार आज रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरिएको हो।
निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाएको जनाएको छ।
अमेरिका, इजरायल र इरानबीच देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।






