FLASH NEWS

प्रेस काउन्सिल र पत्रकार महासङ्घको निर्वाचन केन्द्रित अभियान धादिङबाट

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ १९, सोमबार (३ महिना अघि)
  • २१०

    Shares

प्रेस काउन्सिल र पत्रकार महासङ्घको निर्वाचन केन्द्रित अभियान धादिङबाट

धादिङ :  प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले आइतबार निर्वाचन आचारसंहिता तथा मिडिया जागरण अभियान धादिङबाट सुरु गरेको छ।

निर्वाचनको समयमा राजनीतिक दल तथा सञ्चारमाध्यमबाट हुन सक्ने आचारसंहिता उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो। सोही अवसरमा नेपाल पत्रकार महासङ्घले जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ तथा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी राष्ट्रिय अभियान पनि धादिङबाटै प्रारम्भ गरेको छ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले निर्वाचनमा आचारसंहिता पालना, निष्पक्ष र सन्तुलित पत्रकारिता तथा सत्यतामा आधारित रिपोर्टिङ आवश्यक रहेको बताउनुभयो।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचन सम्पन्न गर्न सञ्चारकर्मीले आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सूचना विभागका महानिर्देशक छविन्द्र पराजुली, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्यलगायतले निर्वाचनका बेला सञ्चारमाध्यमले ध्यान दिनुपर्ने विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

४ दिन अघि

आज कानुन दिवस

खोजी गर्नुहोस