FLASH NEWS

धुनिवेशी–५ मा पञ्चेबाजा बजाउने तालिम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ १८, आईतबार (३ महिना अघि)
  • २०८

    Shares

धुनिवेशी–५ मा पञ्चेबाजा बजाउने तालिम सम्पन्न

धुनिवेशी:    धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा पञ्चेबाजा बजाउने सिपमूलक तालिम सम्पन्न भएको छ। उद्योग तथा वाणिज्य कार्यालय धादिङको आयोजनामा सञ्चालन भएको उक्त तालिम शनिबार समापन भएको हो।

तालिमको समापन कार्यक्रममा बोल्दै धुनिवेशी नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि बालकृष्ण आचार्यले नगरपालिकाले सिपमूलक तथा रोजगारमुखी तालिमलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो। उहाँले सहभागीहरूले तालिमबाट प्राप्त सिपको भरपूर सदुपयोग गर्ने विश्वास लिएको उल्लेख गर्नुभयो।

माघ १७ गतेसम्म सञ्चालन भएको तालिममा साने नेपालीसहितको प्रशिक्षक समूहले प्रशिक्षण प्रदान गरेको थियो। तालिममा १८ जना सहभागी रहेका थिए।

यस्तै, उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख तथा कार्यक्रमका अध्यक्ष चुडामणी पुरीले कार्यालयले जिल्लाका विभिन्न स्थानमा हस्तकला तथा सिपमूलक तालिमहरू सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो।

कार्यक्रममा धुनिवेशी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विशाल भट्टराईको विशेष आतिथ्यता रहेको थियो। साथै कार्यक्रममा स्थानीयवासीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस