FLASH NEWS

सुन तोलाको १० हजार ४ सयले बढे २ लाख ९५ हजार पुग्यो

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०८२ माघ ७, बुधबार (६ महिना अघि)
  • ३५१

    Shares

सुन तोलाको १० हजार ४ सयले बढे २ लाख ९५ हजार पुग्यो

काठमाडौं : निरन्तर उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला १० हजार ४०० रुपैयाँले वृद्धि भएको छ।

यस वृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ रहेको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोला ४० रुपैयाँले बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला पाँच हजार ८८० रुपैयाँ थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुनचाँदीको मूल्यमा वृद्धि देखिएको हो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस