FLASH NEWS

आजको मौसम कस्तो रहला ? हेर्नुहोस

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ ७, बुधबार (५ महिना अघि)
  • ३३९

    Shares

आजको मौसम कस्तो रहला ? हेर्नुहोस

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ। तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हुस्सु र कुहिरोका कारण तराईका विभिन्न विमानस्थलमा दृश्यता घट्न सक्ने हुँदा हवाई सेवामा ढिलाइ वा अवरोध हुन सक्ने चेतावनी दिइएको छ। साथै, लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्दा चालकलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस