FLASH NEWS

आज देशभरको मौसम यस्तो रहनेछ

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ ६, मंगलबार (५ महिना अघि)
  • २५६

    Shares

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको प्रभावले तराईका थोरै स्थानमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा छ।

दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने अनुमान छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

राति तराईका केही स्थानमा हुस्सु लाग्नेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस