FLASH NEWS

थाँक्रे–३ मल्डुङमा ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ ४, आईतबार (३ महिना अघि)
  • ४७१

    Shares

थाँक्रे–३ मल्डुङमा ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न

थाँक्रे :   धादिङ जिल्लाको थाँक्रे गाउँपालिका–३ मल्डुङमा तामाङ समुदायको महान चाड मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा नयाँ वर्ष) को पावन अवसरमा बृहत् ल्होछार सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

“तामाङ भाषा, धर्म, संस्कृति र पहिचानको जगेर्ना गरौँ । २८६२ औँ सोनाम ल्होछार ता (घोडा) ल्हो भव्यताका साथ मनाऔँ” भन्ने नारासहित प्रगतिशील युवा क्लब थाँक्रे–३ मल्डुङको आयोजनामा कार्यक्रम शनिबार सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय महासचिव तथा सल्लाहकार कुमार लोन प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने थाँक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य विशेष अतिथिका रूपमा रहनु भएको आयोजकले जनाएको छ।कार्यक्रममा विश्व शान्ति पूजा, भूम्बो नाच, लामा पूजा लगायत तामाङ भाषा, धर्म र संस्कृतिलाई झल्काउने विभिन्न सांस्कृतिक नृत्य तथा प्रस्तुति प्रदर्शन गरिएको थियो।

प्रगतिशील युवा क्लबका अध्यक्ष अर्जुन लामा मोक्तानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ४९ जनाले रक्तदान समेत गरेका थिए। रक्तदान कार्यक्रममा त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको प्राविधिक सहयोग रहेको क्लबका अध्यक्ष मोक्तानले टोलटोलको खबरलाई जानकारी दिनुभयो।कार्यक्रममा वडा अध्यक्षहरू, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुतिमार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस