FLASH NEWS

आज १३ औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ पौष १७, बिहिबार (४ महिना अघि)
  • २९९

    Shares

आज १३ औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै

काठमाडौँ:  आज देशभर १३ औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। सन् २०१३ (वि.सं. २०७०) देखि प्रत्येक वर्ष जनवरी १ तारिखका दिन यो दिवस मनाउन थालिएको हो।

‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ मनाइँदै आएको यस दिवसले राष्ट्रिय पोसाकको संरक्षण, प्रवर्द्धन तथा पुनर्जागरणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताइन्छ। नेपाली पहिचानका रूपमा रहेका दौरा–सुरुवाल, ढाका टोपी तथा गुन्यु–चोलीलाई विशेष गरी युवापुस्तामाझ स्थापित गर्ने उद्देश्यले यो दिवस सुरु गरिएको हो।

दिवसको अवसरमा युवासँग सम्बन्धित विभिन्न संघ–संस्थाले आज देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरेका छन्। यसैगरी, धेरैले राष्ट्रिय पोसाकमा सजिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै दिवसको महत्व झल्काएका छन्।

विगतमा राष्ट्रिय पोसाकलाई औपचारिक रूपमा प्रयोग गर्ने प्रचलन कमजोर हुँदै गएपछि युवाहरूको स्वस्फूर्त पहलमा यो अभियान सुरु भएको हो। दिवसका अवसरमा आज राजधानी काठमाडौँसहित विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

४ दिन अघि

आज कानुन दिवस

खोजी गर्नुहोस