










३१७
Shares
धादिङ: अनलाइन मिडिया सोसाइटी धादिङको अध्यक्षमा केशव अधिकारी चयन हुनु भएको छ । धादिङबेसीमा सम्पन्न प्रारम्भिक साधारण सभाले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।



नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नारायण सिलवाल, सचिवमा अनिल नेपाली, सह–सचिवमा मनिष श्रेष्ठ र कोषाध्यक्षमा बिनु सिम्खडा चयन हुनु भएको छ । त्यस्तै सदस्यहरूमा रामबहादुर ठकुरी (आशिष), सीता सापकोटा (शितल), दिपा लम्साल र गजेन्द्र गुरुङ रहेका छन्।
यसैबीच, डिजिटल युगमा पत्रकारितालाई समयसापेक्ष, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले अनलाइन मिडिया सोसाइटी धादिङले बुधबार रुवीभ्याली गाउँपालिकाको सहयोगमा एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा डिजिटल पत्रकारिता, कन्टेन्ट निर्माण तथा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो। तालिमले डिजिटल मिडियामा काम गर्ने पत्रकारहरूको आत्मविश्वास बढाउनुका साथै व्यावहारिक सीप विकासमा महत्वपूर्ण सहयोग पुगेको सहभागी पत्रकारहरूले बताएका छन्।






