







५३७
Shares
धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका–६, घादिङस्थित साना किसान कृषि सहकारी संस्था लि. कुम्पुरको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सभा सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुरेन्द्र मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला सहकारी संघ धादिङका अध्यक्ष रग्ग थपलियाको विशेष आतिथ्यता रहेको थियो।
सभाले सहकारीको नयाँ नेतृत्व चयन गरेको छ। जसअनुसार अध्यक्ष पदमा कृष्ण प्रसाद थपलिया चयन भएका छन्। उपाध्यक्षमा खिलमान श्रेष्ठ चयन भएका छन् भने सदस्यहरूमा रामजीकुमार श्रेष्ठ, पम्फा घले, सोमकुमारी श्रेष्ठ, टंकलाल श्रेष्ठ, घनलाल श्रेष्ठ, सनिता अर्याल र सीता भुजेल चयन भएका छन्।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा शंकर प्रसाद थपलिया तथा सदस्यहरूमा शिवहरी अधिकारी र सबिना श्रेष्ठ चयन भएका छन्।
सल्लाहकार समितिको संयोजकमा रग्ग प्रसाद थपलिया चयन हुँदा सदस्यहरूमा टीका प्रसाद थपलिया र खिल नारायण श्रेष्ठ रहेका छन्।
सहकारीका मुख्य प्रबन्धक विष्णु प्रसाद थपलियाका अनुसार हाल संस्थामा २ हजार १ सय ३ जना शेयर सदस्य रहेका छन्। मा नाफा १५०२५००० रहेको छ भने काराेबार ४६७९२८३५६ रहेको छ यस्तै आन्तरिक पुजि २९०००००० रहेको छ शेयर रकम ३४७८७००० रहेको र बाेनस १४ / ४४ बितरण गरिएको थपलिया को भनाइ छ।
सभामा विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, शेयर सदस्यहरू, संस्थाका पदाधिकारीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।









