FLASH NEWS

थाक्रे गाउँपालिकामा २२औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ मंसिर २०, शनिबार (४ महिना अघि)
  • ४५४

    Shares

थाक्रे गाउँपालिकामा २२औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न

थाक्रे गाउँपालिकामा २२औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (Female Community Health Volunteer–FCHV) दिवस शुक्राबार एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। “स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा पुर्‍याइरहेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै उनीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। ग्रामीण भेगका नागरिकलाई घरघरमै स्वास्थ्य सेवा र जनचेतना पुर्‍याउन स्वयंसेविकाहरूको योगदान अत्यन्तै महत्वपूर्ण भएको उहाँले उल्लेख गर्नुभयो। साथै, उनीहरूले गरिरहेको समर्पित कार्यलाई मध्यनजर गर्दै सरकारले अझ विशेष सम्मान र प्रोत्साहन आवश्यक असल्यो उहाँको भनाइ थियो।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कमल अधिकारी, स्थानीय स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता थियो। कार्यक्रमले समुदायमा स्वास्थ्य प्रवर्द्धनमा स्वयंसेविकाहरूको भूमिकालाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस