FLASH NEWS

थाक्रेमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन, बाकी रहेका हरुलाइ समयमै सेवा लिन आग्रह

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ १३, शुक्रबार (१ साल अघि)
  • ४६०

    Shares

थाक्रेमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन, बाकी रहेका हरुलाइ समयमै सेवा लिन आग्रह

धादिङ : धादिङको थाक्रे गाउँपालिकामा  राष्ट्रिय परिचयपत्रको विवरण दर्ता शिविर सञ्चालन भैरहेको रहेको छ। असार ६ गतेदेखि सुरु भएको शिविरमार्फत बिहिबार सम्म ३ सय १४ जनाले सेवा लिइसकेका छन्।

गाउँपालिकाका अनुसार पालिकाभित्र राष्ट्रिय परिचयपत्र बनाउने नागरिकहरूको संख्या अझै धेरै रहेकाले धादिङबेसीसम्म धाउन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाकै कार्यालयमा शिविर सञ्चालन गरिएको हो।

यसैबीच, गाउँपालिकाले एक सूचना जारी गर्दै उक्त शिविर यही असार २० गतेसम्म मात्र सञ्चालन हुने जानकारी गराएको छ। साथै, हालसम्म विवरण नदिएका वा छुट भएका नागरिकहरूलाई उक्त म्यादभित्र गाउँपालिकाको कार्यालयमा उपस्थित भई सेवा लिन पालिकाले  अनुरोध गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस