FLASH NEWS

थाक्रे गाउँपालिका ५ मा चार दिने अचार बनाउने तालिम सुरु

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ जेष्ठ ११, आईतबार (११ महिना अघि)
  • ९६६

    Shares

थाक्रे गाउँपालिका ५ मा चार दिने अचार बनाउने तालिम सुरु

धादिङ : धादिङको थाक्रे गाउँपालिका वडा नं. ५, मा ४ दिने अचार बनाउने तालिम सुरु भएको छ। वडा कार्यलयको बिनियोजित ८० हजार बजेट बाट महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत वडा नं. ५ को  महिलाहरूको लागि ४ दिने व्यवसायिक अचार बनाउने तालिम दिन सुरु गरिएको वडाका वडा अध्यक्ष सन्त बहादुर तामाङले बताउनु भयो।

आइतबार ११ गते देखी सुरु भएको तालिम  १४ गतेसम्म सन्चालन हुने छ। वडाले सन्चालन गरेको उक्त अचार बनाउने तालिममा  आफुहरु पनि सहभागी हुनपाउदा खुसी भएको सहभागीहरुको भनाइ छ।

वडा कार्यालयको हलमा सन्चालन भएको   तालिमको सहजकर्ता रजनी लामाले पनि आफ्नै ठाउँमा  वडाले यस्ता तालीम हरु सन्चालन गरेर आफुलाइ सहज कर्ता बनाइ दिदिबहिनी हरुलाइ आफुले जानेको सीप बाड्न पाउँदा खुसी लागेको भन्दै वडा कार्यलयलाई धन्यवाद समेत दिनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

४ दिन अघि

आज कानुन दिवस

खोजी गर्नुहोस