FLASH NEWS

आजको मौसम कस्तो रहला ? हेर्नुहोस

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ चैत्र ३०, शनिबार (१ साल अघि)
  • ४५६

    Shares

आजको मौसम कस्तो रहला ? हेर्नुहोस

काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा यो समाचार तया पार्दा सम्म हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था छ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने पूर्वानुमान महाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस