FLASH NEWS

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मकवानपुरमा युवकको मृत्यु

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ चैत्र १, शुक्रबार (१० महिना अघि)
  • ३८०

    Shares

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मकवानपुरमा युवकको मृत्यु

करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा एक युवकको मृत्यु भएको छ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनु भयो।

करेन्ट लागेर सख्त घाइते भएका मोक्तानलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस