FLASH NEWS

भारी वर्षाको चेतावनीपछि धादिङ सहित २३ जिल्लामा राति सवारी सञ्चालन बन्द

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण २, शनिबार (४ घण्टा अघि)
  • ३२

    Shares

भारी वर्षाको चेतावनीपछि धादिङ सहित  २३ जिल्लामा राति  सवारी सञ्चालन बन्द

धादिङ:  जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि मंगलबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। त्यससँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार भारी वर्षाले बाढी, पहिरो, डुबान र कटानको जोखिम बढ्ने भएकाले अत्यावश्यक कामबाहेक रातिको यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ। मौसम विभागको चेतावनीपछि पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा गरी २३ जिल्लामा रातिको सवारी आवागमनमा रोक लगाइएको छ। आवश्यक परे राजमार्गसमेत बन्द गर्न सकिने जनाइएको छ।

उद्धार तथा राहतका लागि तीनवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई उच्च तयारीमा राखिएको छ। साथै, जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न र विशेष गरी पृथ्वी राजमार्ग तथा त्रिभुवन राजपथका पहिरो-प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस