FLASH NEWS

मिलीजुली सहकारी संस्था द्वारा ११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सास्कृतिक कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन २४, शनिबार (१ साल अघि)
  • ३४६

    Shares

मिलीजुली सहकारी संस्था द्वारा ११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सास्कृतिक कार्यक्रम सम्पन्न

मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्था लि.द्वारा ११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
शनिबार थाके गाउँपालिका-११, बालुवाफाँटमा ” सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण” भन्ने नारा सहित उक्त कार्यक्रम भएको हो। सस्थाका अध्यक्ष उर्मिला रुपाखेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सस्था भित्र रहेका महिला दिदि बहिनि तथा बालबालिका हरुले आफ्ना कला प्रस्तुत गरेका थिए।

आफ्नो ठाउका कलाकारहरु लाइ प्रथामिलता दिन र आफ्नो पालिका भित्र रहेका र सस्था भित्र रहेका हरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको सस्थाका अध्यक्ष रेग्मीले बताउनु भयो। साथै उहाले महिला दिवसको अवसरमा सास्कृतिक कार्यक्रम गर्नाले लुकेर बसेका प्रतिभा हरु पनि प्रस्फुटन गर्न सहयोग गरेको रेग्मी को भनाइ छ।

सबै भन्दा बृद्ध भुवानी प्रसाद रुपाखेती र गङ्गा देवी विडारीले उद्गाटन गर्नुभएको कार्यक्रममा सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती ,सहकारीका पुर्व अध्यक्ष शुसिला सुबेदी ,वडाका वडा सदस्यहरु ,साकारिका पधाधिकारी हरु लगायतको उपस्थिति रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस