FLASH NEWS

६० औं बार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक खानीखोला साखा द्वारा चार ग्राहक हरुलाई सम्मान

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ माघ १५, मंगलबार (१ साल अघि)
  • ९५५

    Shares

६० औं बार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक खानीखोला साखा द्वारा चार ग्राहक हरुलाई सम्मान

धादिङ : राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ६० औं बार्षिकोत्सवको अवसरमा ग्राहक हरुलाइ सम्मान गरेको छ।

धुनिबेशी ७ खानिखोलामा रहेको राष्ट्रिय वाणिज्य बैंक साखाले मंगलबार एक कार्यक्रमको आयोजना गरि उक्त ग्राहकहरुलाइ सम्मान गरेको हो।

बैंकबाट कृषि कर्जा सुविधा उपभोग गरी व्यवसाय मार्फत उत्पादन वृद्धि गर्ने कर्जा अन्तर्गत कृषि क्षेत्र मा राईजिंग पोल्ट्री फार्म प्रा ली , पुरुषाकृति बहुउद्देश्य कृषि फर्म प्रा लि र व्यापार तर्फ धार्के इन्टरप्राइजेज ,निक्षेप तर्फ गणेश बहादुर कार्की  गरि चार जनालाई प्रमाणत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको राष्ट्रिय वाणिज्य बैंक खानीखोला साखाका प्रबंधक सुजन कुमार ढकालले जानकारी दिनु भयो।

मच्छिन्द्र बहुमुखी क्यामपस खानिखोलाका प्रमुख प्रमोद पाठकको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि ,किसान ,ब्यापारी लगायत बिभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रमका सभा अध्यक्ष एवं खानीखोला साखाका प्रबंधक सुजन कुमार ढकालले टोलटोलको खबर डट कमलाई जानकारी दिनु भयो।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस