FLASH NEWS

महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र स्थापना, दैनिक योग अभ्यास सञ्चालन हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण २३, शनिबार (७ घण्टा अघि)
  • ६७

    Shares

महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र स्थापना, दैनिक योग अभ्यास सञ्चालन हुने

धादिङ : गल्छी गाउँपालिका–६, महेशदोभानमा ‘स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनका लागि योग अपनाऔँ’ भन्ने मूल सन्देशसहित अम्लेश्वर योग साधना केन्द्र स्थापना भएको छ। नवनिर्मित केन्द्रको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।

वडाध्यक्ष दिपक कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, विभिन्न योग साधना केन्द्रका साधक–साधिका तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

पतञ्जलि योग समिति धादिङकी महिला प्रभारी राममाया बुढाथोकीका अनुसार अम्लेश्वर योग साधना केन्द्र जिल्लामा सञ्चालनमा आएको २४औँ योग साधना केन्द्र हो। कार्यक्रममा वक्ताहरूले योगले शारीरिक तथा मानसिक स्वास्थ्य, अनुशासन र सकारात्मक जीवनशैली निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

प्रमुख अतिथि खतिवडाले केन्द्र सञ्चालनका लागि गाउँपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। केन्द्रका अध्यक्ष तथा वडाध्यक्ष कार्कीले योगमार्फत स्वास्थ्यसँगै धर्म, संस्कृति र अनुशासनको संरक्षणमा योगदान पुग्ने बताउनुभयो।

नवनिर्मित केन्द्रले दैनिक रूपमा योग तथा साधना सञ्चालन गर्ने जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस