FLASH NEWS

आज प्रतिनिधिसभामा पाँच विधेयक प्रस्तुत हुँदै, तीन संसदीय समितिको पनि बैठक

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण २२, शुक्रबार (१ महिना अघि)
  • ११४

    Shares

आज प्रतिनिधिसभामा पाँच विधेयक प्रस्तुत हुँदै, तीन संसदीय समितिको पनि बैठक

काठमाडौं :  प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा नेपाल विशेष सेवा ऐन, संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, खानी तथा खनिज पदार्थ, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) र राहदानी (पहिलो संशोधन) सम्बन्धी गरी पाँच विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैगरी, आज अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन, कानुन, न्याय तथा मानवअधिकार र पूर्वाधार विकास समितिको बैठक पनि बस्दैछ। समितिहरूमा पर्यटन विधेयक, कारागार तथा हिरासतमा रहेका कैदीबन्दीको मानवअधिकार अवस्था र विद्युत् वितरण लाइन तथा पोल व्यवस्थापनका कारण सडक निर्माणमा भएको ढिलाइलगायत विषयमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस