FLASH NEWS

देशभर मनसुनी वायु सक्रिय , केही स्थानमा भारी वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण २३, शनिबार (३ घण्टा अघि)
  • २६

    Shares

देशभर मनसुनी वायु सक्रिय , केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा धेरै स्थानमा तथा अन्य पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति पनि देशभर बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने जनाइएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस