FLASH NEWS

विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण २७, बुधबार (१ घण्टा अघि)
  • ३१

    Shares

विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ। यस वर्षको नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ। सन् २००० देखि हरेक वर्ष अगस्त १२ मा यो दिवस मनाइँदै आएको हो।

दिवसको मुख्य उद्देश्य युवा सहभागिता, नेतृत्व, उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन गर्नुका साथै नीति निर्माणमा युवाको भूमिका बढाउनु हो।

दिवसका अवसरमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विशेष समारोह, सूचना प्रविधि तथा स्टार्टअप प्रदर्शनी र युवा जागरण दौड आयोजना हुँदैछ। साथै, युवा उद्यमी तथा स्टार्टअप व्यवसायलाई पुरस्कार प्रदान गरिने कार्यक्रम छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवा एक करोड २४ लाख १२ हजार १७३ जना, अर्थात् कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस