FLASH NEWS


जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ श्रावण २४, बिहिबार (६ महिना अघि)
  • १३४

    Shares

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

२४ साउन ,२०८१ :    जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ ।

एनएचेका अनुसार भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको क्युशु रहेको छ ।

भूकम्पका कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ ।

यद्यपि भूकम्पले पुर्‍याएको क्षति विवरण भने आइसकेको छैन ।

यसअघि गत जनवरी (२०८० पुस) मा जापानको इशिकावामा ७.६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ४८ जनाको मृत्यु भएको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस