FLASH NEWS

बन्द भएको नौबिसे–नागढुङ्गा सडक खण्ड सञ्चालनमा, आज राति १० बजेदेखि पुन बन्द

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ अषाढ २०, बिहिबार (१ साल अघि)
  • २२९

    Shares

बन्द भएको नौबिसे–नागढुङ्गा सडक खण्ड सञ्चालनमा, आज राति १० बजेदेखि पुन बन्द

२० असार,धादिङ :   बुधबार राति १० बजेदेखि बन्द भएको नागढुङ्गा–नौबिसे सडकखण्ड आज बिहान ३ बजेपछि खुलेको छ । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे सडकखण्डमा पर्ने नौबिसे खोलामा पुलको बिम राख्ने काम गर्नुपर्ने भएकोले राति सडक बन्द गरिएको हो ।

आज राति पनि १० बजेदेखि भोलि बिहान ३ बजेसम्म सडक बन्द गरेर काम हुने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।

उक्त समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सम्पुर्ण सवारी साधन पुर्ण रुपमा बन्द हुने जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

त्रिभुवन राजपथ अन्तर्गत नागढुँगा नौबिसे खण्डको उक्त पुलमा बिम राख्ने कामका लागि सडक बन्द हुने समयमा दुई पाँङ्ग्रे तथा तथा साना सवारी साधन प्रयोगकर्ताहरुले वैकल्पिक मार्गको रुपमा धार्के सितापाईला सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस