FLASH NEWS

पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० भाद्र २५, सोमबार (१ साल अघि)
  • २०९

    Shares

पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना

२५ भाद्र २०८०।     पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना हुनु भएको छ ।

उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आइतबार वीर अस्पतालको भीआइपी कक्षमा भर्ना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा‍.डा‍. भूपेन्द्रकुमार बस्नेतले जानकारी दिनु भयो ।

पूर्वराष्ट्रपति यादवलाई उपचारका लागि केही दिन अस्पतालमा राखिने अस्पतालले जानकारी दिएको छ। ‘उहाँको अवस्था स्थिर छ। चिकित्सकको टोलीले थप स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरिरहेको छ। त्यसैले उहाँ थप केही दिन चिकित्सकको निगरानीमा बस्नुहुन्छ’, उपकुलपति बस्नेतले भने।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिनु भएको छ ।

‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताउनुभयो र अस्पतालको सेवासँग सबैजना सन्तुष्ट हुनुहुन्छ’, मन्त्री बस्नतेले भने, ‘वीर अस्पताल विशिष्ट व्यक्तित्वका लागि मात्र होइन सबै सेवाग्राहीको विश्वास बढेको छ।’

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस