FLASH NEWS

एसइईको नतिजा असार तेस्रो साता आउने तयारि

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० अषाढ ६, बुधबार (२ साल अघि)
  • ४५७

    Shares

एसइईको नतिजा असार तेस्रो साता आउने तयारि

२०७९ सालको चैत १७ गते (शुक्रबार) देखि २९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले यही असार तेस्रो साताभित्र प्रकाशित गर्ने तयारी गरिएको जनाइएको छ।
माध्यमिक शिक्षा परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले असार तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिनु भयो ।
श्रेष्ठका अनुसार अहिले नतिजा भेरिफाइ गर्ने काम भइरहेको छ, यही असार तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने हाम्रो तयारी छ।’ २०७९ सालको एसइई परीक्षा गत चैत १७ गते (शुक्रबार) देखि २९ गतेसम्म सञ्चालन भएको थियो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन
भएको थियो।
परीक्षा बोर्डका अनुसार एसइई परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएका छन्। एसइई परीक्षाका लागि देशभर २ हजार ३७ परीक्षा केन्द्र तोकिएको थियो। परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष , निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति खटिएका थिए।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस