FLASH NEWS

धुनिवेशीमा पुर्ण खोप युक्त नगर घोषणा

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ ३१, बुधबार (२ साल अघि)
  • ४९७

    Shares

धुनिवेशीमा पुर्ण खोप युक्त नगर घोषणा

३१ जेठ २०८० ,धुनिवेशी। धादिङको धुनिवेशी नगरपालिकालाई पुर्ण खोप युक्त नगर घोषणा गरिएको छ ।
जन्मे देखी १५ महिना भित्र बालबालीकाले लगाउने १३ प्रकारका नियमित खोप लगाएको सुनिश्चित गर्न १६ महिना देखी २३ महीना भित्रका सम्पुर्ण धुनिवेशी नगरपालिका भित्रका बालबालीकाको घरधुरी सर्वेक्षण गएको चैत्र मसान्त सम्म सम्पन्न गरी खोप लगाउन छुटेका बालबलीकाहरुलाई समेत बैशाख महिनामा खोप प्रदान गरिएको स्वास्थ्य शाखा सिनियर अहेब हेमन्त सुबेदीले टोल टोलको खबर लाइ बताउनु भयो ।


धुनिवेशी नगरपालिका तथा जिल्ला समन्वयन समिति धादिङबाट समेत अनुगमन गरि खोप सवैले प्राप्त गरेको सुनिश्चित भए प्रश्चात नगरलाई पुर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको सुबेदीको भनाई छ ।
कार्यक्रममा नगरपालिका प्रमुख बालकृष्ण आचार्य,जिल्ला समन्वयन समिति धादिङका प्रमुख नवराज अधिकारी,उपप्रमुख सुरज उप्रेती, प्रमुख प्रशासकिय अधिकृत अच्युत राज रेग्मी, स्वास्थ्य कार्यालय धादिङका प्रमुख नरेन्द्र झा,वडा अध्यक्षहर लगाएतको आतिथ्यता रहेको थियो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस