FLASH NEWS


आफ्नो तलब बाट वडा अध्यक्ष सिलवाल द्वारा विद्यार्थी हरुलाइ सहयोग

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ चैत्र १६, बिहिबार (१ साल अघि)
  • ५२६

    Shares

आफ्नो तलब बाट वडा अध्यक्ष सिलवाल द्वारा विद्यार्थी हरुलाइ सहयोग

धुनिबेशी न पा वडा नं -९ का वडा अध्यक्ष माधब प्रसाद सिलवालले आफ्नो चुनावी अभियानमा व्यक्त प्रतिबद्धता अनुसार वडा अध्यक्षमा निर्वाचित भयपछि प्रप्त सुबिधा बापतको रकम बाट धुनिबेशी न पा वडा नं -९ मा रहेको डिल्ली सावित्री मा. बि का २३ जना लाई प्रती विद्यार्थी रु २ हजार का दरले जम्मा रु ४६ हजार यस्तै बुद्ध भिजन ऐकेडेमी का १२ जाना लाई प्रती विद्यार्थी रु २ हजार का दरले जम्मा रु २४ हजार गरि दुइवटा विद्यालयका २०७९ को SEE परिक्षा मा सहभागी हुने विद्यार्थी हरुलाइ कुल रु ७० हजार रकम वितरण गर्नु भएको हो।
राजनीति र समाजसेवा प्रती बितिर्स्णा पैदा भैरहैको आजको समयमा उहाको यस किसिमको उदाहरणिय कार्य बाट सबैले सिक्नु जरुरी छ। साथै राजनीति गर्ने हरुले बोल्ने र गर्ने बिचमा धेरै फरक पाइरहेको बर्तमान अवस्थामा आफ्नो चुनावी प्रतिबद्धता अनुरुपको यस्तो कर्यहरु आगामी दिनमा पनि निरन्तर हुँदै जानेछ भन्ने आशा गर्दछौ भन्दै विद्यालयका विद्यार्थी हरुलाइ सहयोग गरेको मा विद्यालयले वडा अध्यक्ष माधव प्रसाद सिलवाल लाई धन्यवाद समेत दिएको थियो।
तेस्तै उक्त कार्यक्रममा बोल्दै सिलवालले आफुले गरेको प्रतिबद्धता कहिले नभुल्ने र सधै आफु समाजसेवा मा लागिरहने बताउनु भयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस