FLASH NEWS

एमालेले जनसरोकारका विषय पहिचान गर्न स्थानीय कमिटीहरूलाई दियो निर्देशन

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ चैत्र ७, मंगलबार (३ साल अघि)
  • २९३

    Shares

एमालेले जनसरोकारका विषय पहिचान गर्न स्थानीय कमिटीहरूलाई दियो  निर्देशन

नेकपा एमालेले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरूलाई निर्देशन दिएको छ । एमालेका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिकास्तरीय कमिटीहरूलाई निर्देशन दिइएको बताउनुभएको हो ।

एमाले उपत्यका विशेष प्रदेश कमिटीले मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजना गरेको ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण’ कार्यक्रममा बोल्दै उहाँले चैतको २० देखि २५ गतेसम्म पाँच दिन पालिकास्तरका जनसरोकारको विषयमा रिर्पोटिङका लागि पालिकास्तरीय कमिटीहरूलाई समय तोकिएको पनि स्मरण गराउनुभयो । त्यसैगरी २५ देखि ३० गतेसम्म जिल्लाले आफ्नो सम्बन्धित विषयको रिर्पोट बनाउनुपर्ने उपमहासचिव रिमालको भनाइ थियो ।

उपमहासचिव रिमालले पार्टीका स्थानीय कमिटीहरूले किसानले भोगिरहेका समस्याबारे, त्यहाँको भौतिक पूर्वाधार क्षेत्रको विकासबारे पनि पार्टीको माथिल्लो कमिटीलाई रिर्पोटिङ गर्नुपर्ने योजना तय गरिएको बताउनुभयो । पार्टीले नागरिककाे पक्षमा काम गर्नका लागि पनि पार्टी कमिटीहरूले रिर्पोटिङको कामलाई अघि बढाउनुपर्ने उहाँको तर्क थियो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

१६ घण्टा अघि

आज कानुन दिवस

खोजी गर्नुहोस