FLASH NEWS


महादेवस्थान माध्यमिक विद्यालयको ८ कोठे पक्की भवन, पुर्व शिक्षामन्त्री पौडेलद्धारा शिलान्यास

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ चैत्र ५, आईतबार (१ साल अघि)
  • ५५६

    Shares

महादेवस्थान माध्यमिक विद्यालयको ८ कोठे पक्की भवन, पुर्व शिक्षामन्त्री पौडेलद्धारा  शिलान्यास

धुनिवेशी। धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयको आठ कोठे भवनको शिलान्यास गरिएको छ । संघीय सांसद तथा पुर्व शिक्षामन्त्री देवेन्द्रराज पौडेलले ८ कोठे पक्की भवनको शिलान्यास गर्नु भएको हो ।

संघीय सरकार र धुनिवेशी नगरपालिकाको सहयोगमा निर्माण हुने उक्त भवनको लागत ९८ लाख ३२ हजार रुपैँया रहेको विद्यालयका प्रधानाध्यापक अनिल रुपाखेतीले बताउनु भयो ।

पक्की भवनको शिलान्यास पछि भएको औपचारिक कार्यक्रममा विद्यालयले विद्यालयको भवन निर्माण लगायतमा उल्लेखनिय काम गरेको र आगामी दिनमा पनि शैक्षिक गुणस्तरका लागि सहायो गर्न आग्रह गर्दै सँघिय साँसद तथा पुर्व शिक्षामन्त्री देवेन्द्रराज पौडेल, कार्यक्रममा प्रदेश साँसद मदुकुमार श्रेष्ठ, धुनिवेशी नगरपालिकाको मेयर बालकृष्ण आचार्य, उपमेयर सुरज उप्रेती लगायत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ऋषी कुमार ढकाल लगायतलाई प्रशँशा पत्र प्रदान गरिएको हो ।

तेस्तै एस इ इ दिने कक्षा १० का विद्यार्थीहरुलाई पनि विद्यालयले शुभकामना र मायाको चिनो सहित बिदाई गरेको छ । विद्यार्थीहरुले पनि आफुलाई अध्यापन गराउने शिक्षकहरुलाई मायाको चिनो प्रदान गरेका थिए । भवनको शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ऋषी कुमार ढकालको अध्यक्षता र पुर्व शिक्षामन्त्री देवेन्द्रराज पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै कार्यक्रममा प्रदेश साँसद मदुकुमार श्रेष्ठ, धुनिवेशी नगरपालिकाको मेयर बालकृष्ण आचार्य, उपमेयर सुरज उप्रेती लगायतको विशेष आतित्थ्यता रहेको थियो भने वडा नम्बर ५ का अध्यक्ष विशाल भट्टराइ, शिक्षा तथा खेलकुद विकास शाखाका अधिकृत विकास खत्री लगाएतको कार्यक्रममा आतित्थ्यता रहेको थियो भिडियो हेर्नु होला

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस