FLASH NEWS

आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०७९ चैत्र २, बिहिबार (३ साल अघि)
  • ४७६

    Shares

आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आज बिहीवारदेखि लागू हुने गरी दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाएको छ ।

सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र आजदेखि उपभोक्ताले नयाँ मूल्य तिर्नुपर्ने डीडीसीले जनाएको छ । हिजो बुधवारदेखि नै किसानले बढेको मूल्य पाएका र त्यही मूल्य आजदेखि उपभोक्ताबाट लिन थालेको डीडीसीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

निलो प्याकेटको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेको छ । यसअघि प्रतिलिटर ८६ रुपैयाँ रहेको निलो प्याकेटको मूल्य आजदेखि काठमाण्डौ, विराटनगर, जनकपुर र हेटौँडामा ९७ रुपैयाँ पर्नेछ । त्यस्तै बुटबलमा ९४ तथा नेपालगञ्ज र धनगढीमा ९२ रुपैयाँ कायम भएको दुग्ध विकास संस्थानले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस