FLASH NEWS

राष्ट्रपति भण्डारीको कार्यकाल सकिँदै, आजै शितल निवास छाड्ने तयारी

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ फागुन २८, आईतबार (२ साल अघि)
  • ११६

    Shares

राष्ट्रपति भण्डारीको कार्यकाल सकिँदै, आजै शितल निवास छाड्ने तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज आइतबार सकिँदैछ। उनी २०७४ फागुन २९ गते राष्ट्रपति निर्वाचित हुनु भएको थियो ।

पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आइतबार नै शितल निवासबाट निजी निवासमा सर्ने तयारी गर्नु भएको छ ।

उहाको बूढानीलकण्ठमा निजी निवास छ। जुन घर २०७२ अघि नै बनाइएको थियो। जसलाई केही समय पहिलेदेखि मर्मत सम्भारको काम भइरहेको छ। भवन बाहिर सुरक्षा सेन्ट्री पोस्ट र भवनको पछाडी सुरक्षाकर्मीका लागि ब्यारेक निर्माणको काम भइरहेको थियो।

राष्ट्रपति भण्डारी आफ्नो दोस्रो कार्यकाल सकेर बिदा हुन लाग्नु भएको हो । उहा पहिलोपटक २०७२ कात्तिक ११ गते राष्ट्रपति चुनिनु भएको थियो ।

शितल निवासबाट भण्डारी बाहिरिएसँगै नयाँ राष्ट्रपतिको प्रवेश हुने छ । बिहीबार (फागुन २५ गते) नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्।

पौडेलले सोमबार शपथ लिने तय भएको छ। त्यसपछि उनी सोमबार नै निजी निवास बोहराटारबाट शितल निवास सर्ने बताइएको छ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस