२०
Shares
भदौ १० र १४ गते आएको बाढीका कारण कटान भई अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड आजबाट पूर्ण रूपमा सञ्चालनमा आएको छ।
बाढीका कारण सडकको केही भाग कटान भएपछि करिब १८ दिनपछि नयाँ ट्र्याक खोलेर राजमार्ग पुनः सञ्चालनमा ल्याइएको हो।
नयाँ ट्र्याक निर्माण तथा आवश्यक व्यवस्थापनको काम सम्पन्न भएपछि उक्त खण्डमा सवारीसाधन आवागमन सहज रूपमा सञ्चालनमा आएको जनाइएको छ।









