FLASH NEWS

माथिल्लो त्रिशूली–३ ए को सुरुङबाट ६ शव निकालियो

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन २, शुक्रबार (१ घण्टा अघि)
  • १६

    Shares

माथिल्लो त्रिशूली–३ ए को सुरुङबाट ६ शव निकालियो

रसुवास्थित माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट ६ वटा शव निकालिएको छ। भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकामध्ये थप व्यक्तिको शव उद्धार टोलीले सुरुङबाट निकालेको हो।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार टनेलको ढलान गर्न बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका थिए। उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरण प्रयोग गरी सबै शव सुरुङबाट बाहिर निकालेको जनाएको छ।

सुरुङभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति समेत देखिएको उद्धार टोलीले जनाएको छ। सो क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएका थिए। त्यसयता सुरुङलगायत प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस