१३
Shares
काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेको छ। मूल्य बढेसँगै सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला १५० रुपैयाँले बढेको छ। मूल्य बढेसँगै चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँ पुगेको छ।
नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावका आधारमा निर्धारण गर्ने गरिएको छ।






