FLASH NEWS

उद्धार गरिएको संरक्षित पंक्षी हुचीललाई सामुदायिक वन क्षेत्रमा छाडियो

  • टोलटोलको खबर
  • सुरक्षा/अपराध
  • प्रकाशित मिति:
  • २०७९ फागुन २०, शनिबार (२ साल अघि)
  • ६८४

    Shares

उद्धार गरिएको संरक्षित पंक्षी हुचीललाई सामुदायिक वन क्षेत्रमा छाडियो

पवित्रा थापा मगर ,धादिङ।    तस्करी हुदैँ गर्दा धादिङको नौबिसेबाट उद्धार गरिएको संरक्षित पंक्षी हुचीललाई नीलकण्ठ नगरपालिका वडा नं ८ को सामुदायिक वन क्षेत्रमा छाडिएको छ । उद्धार गरिएको हुचिललाई डिभिजन वन कार्यलय धादिङले जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानियहरु लगायतको रोहबरमा सामुदायिक वनमा छोडिदिएको हो । मकवानपुरको थाहा नगरपालिका वडा नं १२ का रमेश स्याङ्तान र धादिङको थाक्रे गाउँपालिका वडा नं ५ का विनोद लामाले अवैध ढंगले विक्रि गर्न लागेको सुचनाको आधारमा इलाका प्रहरी कार्यलय खानीखोला धादिङ र केन्द्रिय अनुसन्धान व्युरो महाराजगञ्ज काठमाण्डौँबाट खटिएको संयुक्त प्रहरी टोलीले संरक्षित पंक्षी हुचिल चरा जिवितै बरामद गरेको थियो । अनुसन्धानको क्रममा डिभिजन वन कार्यलय धादिङको खोरमा राखिएको संरक्षित पंक्षी हुचिललाई लामो समयसम्म मानव नियन्त्रणमा राख्दा मर्ने सम्भावना भएकाले आज जंगलमा छाडिएको डिभिजन वन कार्यलय धादिङका सहायक वन अधिकृत लोमनाथ तिम्सिनाले बताउनुभएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस