FLASH NEWS


पछिल्लो २४ घण्टामा १सय ७१ जना निको,१सय ७९ कोरोना संक्रमित

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ भाद्र २७, सोमबार (२ साल अघि)
  • १४३

    Shares

पछिल्लो २४ घण्टामा १सय ७१ जना निको,१सय ७९ कोरोना संक्रमित

देशभर पछिल्लो २४ घण्टामा थप१सय ७९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ९सय ५९ को नमूना परीक्षण गरिएको थियो। २ हजार ६सय ले पिसिआर र २ हजार ३सय ५९ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यही अवधिमा १सय ७१ कोरोना सङ्क्रमणमुक्त भएका छन् ।यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८४ हजार ५सय ८४ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ७१ रहेको छ।यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १५ पुगेको छ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस