FLASH NEWS

थाक्रे ८ मा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न,५०जनाले गरे रक्तदान

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ भाद्र २६, आईतबार (३ साल अघि)
  • ७०२

    Shares

थाक्रे ८ मा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न,५०जनाले गरे रक्तदान

धादिङको थाक्रे गाउपालिका ८ धार्के मा रहेको ब्लुमिङ्ग लोटस अंग्रेजी मा बिमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
आइतबार विश्व प्रथामिक उपचार दिवसको अवसरमा आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रममा १० जना महिला र ४० जना पुरुष गरि ५० जनाले रक्तदान गरेका थिए।
युवा रेडक्रस सर्कलका अध्यक्ष शुस्मा श्रेष्ठ, ब्लुमिङ्ग लोटस अंग्रेजी मा बिका प्र अ सन्जिव गजुरेल ने रे साे धादिङ जिल्ला सभापति नारायण तिमल्सिना, केवलपुर उप शाखा सचिव प्रकास आचार्य बाट व्याग वितरण गरेर उक्त कार्यक्रम सुभारम्भ गरिएकाे थियो।


नेपाल रेडक्रस सोसाइटि युवा रेडक्रस सर्कल ब्लुमिङ्ग लोटस अंग्रेजी मा बिको आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, बिधार्थी, शिक्षक स्थानिय लगाएतको सहभागी रहेको नेपाल रेडक्रस सोसाइटि बागमती प्रदेस कार्यसमिति सदस्य नारायण कुमार श्रेष्ठले टोल टोलको खबर लाइ जानकारी दिनुभयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस