FLASH NEWS

आज शनिबार धादिङको यी स्थानमा विद्युत आपूर्ति बन्द हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन ३, शनिबार (१ साल अघि)
  • ७९२

    Shares

आज शनिबार धादिङको यी  स्थानमा विद्युत आपूर्ति बन्द हुने

धादिङ:    आज शनिबार धादिङको बिभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्र, धार्के प्रशााखाको सूचना अनुसार मातातिर्थ – नौविसे ३३ के. भि. प्रशारण लाइन, मातातिर्थ सब-स्टेशन देखि चन्द्रगिरी केवलकार, बाडभञ्ज्याङ हुँदै नौबिसे सब-स्टेशनसम्म लाइन पेट्रोलिङ साथै रुखका हाँगाबिंगा काट्ने (बुस कटिङ) कार्य गर्नुपर्ने भएकोले शानिबार बिहान १० बजेदेखि बेलुका ५बजेसम्म मातातिर्थ-नौबिसे ३३ के. भि. लाइन सटडाउन गरि कार्य गर्नुपर्ने हुँदा विद्युत आपुर्ति बन्द हुने जनाइएको छ।

विद्युत आपूर्ति बन्द हुने स्थानहरुमा धुनिबेशी नगरपालिकाको वडा नं. ३,४,५,६,७,८,९ तेस्तै थाके गाँउपालिकाको वडा नं. ४, ५, ७, ८, ९,१० लगायतका स्थानमा विद्युत आपुर्ति बन्द सुचनामा उल्लेख गरिएको छ।
साथै कार्य निर्धारित समय भन्दाअगावै कार्यसम्पन्नभएमा सो समय भन्दाअगावै लाईन सुचारु हुन सक्ने व्यहोरा समेत जानाकारीको गराएको छ।
हेर्नुहोस सूचना 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस