



















 
	
      
४२५
Shares 
  
   
 
 धुनिबेशी:     छत्रेदेउराली सामाजिक उद्यमि महिला सहकारी संस्था लि को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर २ डुम्रे चौरमा रहेको सहकारीले शनिबार एक कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो ।




सभामा सहकारीका अध्यक्ष नरमाया तामाङले अध्यक्षको प्रतिवेदन , सचीव उर्मिला कोइराला , लेखा समितिको प्रतिवेदन लेखा समितीको संयोजक पम्फी तामाङ , ऋण उप समिती संयोजक मेनुका कुवरले आ आफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

धुनिबेशी २ का वडा अध्यक्ष लक्ष्यजित तामाङको प्रमुख आथित्यतामा भएको उक्त सभामा विशेष अतिथिमा धुनिबेशी नगर सहकारी संघका अध्यक्ष बाशु बास्कोटा , धुनिबेशी सहकारी बिभागका प्रमुख अजित यादव धुनिबेशी १ का वडा सदस्य बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्तिती रहेको थियो।

सहकारीको साधारण सभाको अवसरमा सस्थाले बिभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण समेत गरेको थियो।



 
  
 








