FLASH NEWS

धुनिवेशी नगरपालिकामा सहकारी सँस्थाहरुको वार्षिक समिक्षा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ मंसिर १४, शुक्रबार (१ साल अघि)
  • ५००

    Shares

धुनिवेशी नगरपालिकामा सहकारी सँस्थाहरुको वार्षिक समिक्षा

धुनिवेशी  :  धादिङको धुनिवेशीमा नगरपालिका भित्र रहेका सहकारी सँस्थाहरुको वार्षिक समिक्षा कार्यक्रम भएको छ ।

सहकारी शाखाले तयार पारेको २९ वटा स्लाईडको समिक्षा गर्न पालिका भित्र रहेका ३० वटा सहकारी संस्था मध्ये १६ वटा सहकारीले सो कार्यक्रममा भाग लिएको थिए । सहकारी ऐन २०७४ अनुसार नियामक निकायमा गर्नुपर्ने मासिक तथा वार्षिक रिर्पोटिङ र समिक्षा कार्यक्रममा उपस्थित नभएका सहकारीहरुलाई कारण बुझि कारबाहीको दायरामा ल्याउने विषयमा पनि छलफल भएको थियो ।

धुनिवेशी नगरपालिकाको आयोजनामा ३ पटक सञ्चालन भई सकेको कोपोमिस सम्वन्धि तालिम लिईसकेका सहकारी संस्थाले हालसम्म पनि विवरण अपडेट नगरेको हुँदा सहकारी ऐन २०७४ र नियमावली २०७५ मा समेत कोपोमिसको विषयमा उल्लेख भएकाले यसमा आवद्ध हुन आलटाल गर्ने संस्थाहरुलाई अब नगरपालिकाले ऐन बमोजिम कारवाही समेत हुन सक्ने कार्यक्रममा बताईएको छ ।

यस्तै सहकारी सँस्थाहरुको प्रगती, समस्या, समाधानका उपाय लगायत अबका दिनमा गर्नु पर्ने योजनाहरुको बारेमा पनि छलफल भएको थियो ।

नगरपालिका प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्यको प्रमुख आतित्थ्यता तथा नगर सहकारी संघका अध्यक्ष बाशु बास्कोटाको विशेष आतित्थ्यता रहेको थियो ।
यसैगरी कार्यक्रममा धुनिवेशी नगरपालिका बरिष्ठ लेखा अधिकृत गोविन्द पौडेल, शिक्षा शाखाका बिकास खत्री, कृषि शाखाका कृषि अर्थ विज्ञ अन्नत राज ढकाल, कृषि प्रविधिक सन्तोष खड्का र सहकारी शाखाका कर्मचारी हरुको उपस्थिती रहेको थियो ।

उक्त समिक्षा कार्यक्रम नगरपालिका अन्तर्गत सहकारी शाखाको आयोजनामा भएको कार्यक्रम संयोजक अजित यादवले टोलटोलको खबर डट्कम लाइ जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस