FLASH NEWS

बोलेरोको ठक्करबाट धादिङमा एक जनाको मृत्यु,एक घाइते

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ कार्तिक २६, सोमबार (१ साल अघि)
  • ४८८

    Shares

बोलेरोको ठक्करबाट धादिङमा एक जनाको मृत्यु,एक घाइते

धादिङ :   धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ डार्केफाटमा बोलेरोको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।

सोमबार दिउँसो ताल्तिबाट मलेखु आउँदै गरेको बा २० च १९९९ नम्बरको बोलेरोले ठक्कर दिदाँ बेनीघाट–२ की १९ वर्षिय अनिशा मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (प्रहरी निरीक्षक) प्रल्हाद सिलवालले जानकारी दिनुभयो।

ठक्करबाट सोही ठाउँकी २६ वर्षिय प्रशंसा मिजार घाइते हुनु भएको छ।

चालक गोपी बहादुर ठकुरी र बोलेरो प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस