FLASH NEWS

गैर सरकारी संस्था महासंघ धादिङको अध्यक्षमा पुनः दुवाडी चयन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ आश्विन ३, बिहिबार (१ साल अघि)
  • ७७०

    Shares

गैर सरकारी संस्था महासंघ धादिङको अध्यक्षमा पुनः दुवाडी चयन

धादिङ :   गैर सरकारी संस्था महासंघ धादिङको अध्यक्षमा पुनःशालिकराम दुवाडी चयन हुनुभएको छ ।

बिहिबार धादिङबेशीमा भएको १९ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले अध्यक्षमा पुनःदुवाडीलाई चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा तोलाकुमारी पाठक, सचिवमा शेर बहादुर तामाङ (शिलास), सहसचिवमा इन्द्रमान शाक्य, कोषाध्यक्षमा ईशोरी कोईराला चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा प्रमिला पण्डित, संगिता पाण्डे विसुराल, गुणराज खतिवडा, राम बहादुर नेपाली, बम बहादुर नेपाली, कृष्ण बद्री पौडेल, विष्णु प्रसाद पौडेल, गिता खनाल र दुर्गा अधिकारी चयन हुुनुभएको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस