FLASH NEWS

आज धादिङमा थप ९० जनामा डेङ्गी संक्रमण पुष्टि

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० भाद्र १, शुक्रबार (२ साल अघि)
  • ४५२

    Shares

आज धादिङमा थप ९० जनामा डेङ्गी संक्रमण पुष्टि

१ भद्र  ,धादिङ।     आज धादिङमा थप ९० जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ।
डेंगु संक्रमण पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाकामा ६६ जना, बेनिघाट रोराङ गाउपालिकामा १५ जना, सिद्धलेकका ४ जना,ज्वालामुखी गाउपालिकामा २ जना, नेत्रावती डबजोङ,खनियाबास र रुबीभ्यालीमा १/१ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। जसमा ४३ जना पुरुष र ४७ जना महिला गरी ९० जना डेङ्गीका बिरामी रहेका छन्।
डेंगु संक्रमण जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य कार्यलय धादिङ र स्थानीय तहहरुले सुरक्षित रहन आग्रह गर्दै आएका छन् ।
त्यस्तै पछिल्लो समय डेंगुको संक्रमण बढ्दै जान थालेपछि स्थानीय तहरुले लामखुट्टेको वासस्थानको खोजी गरेर नष्ट गर्ने कार्यक्रम समेत गरिरहेका छन्

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस