FLASH NEWS

प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणमा जाँदै, मोदीसँग उच्चस्तरीय वार्ता गर्ने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ मंसिर ६, आईतबार (१० घण्टा अघि)
  • ३८

    Shares

प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणमा जाँदै, मोदीसँग उच्चस्तरीय वार्ता गर्ने

प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँ दिउँसो पौने २ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय सरकारी टोली भारत जानेछ। भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत सहभागी हुनेछन्। यसैगरी निजी क्षेत्रका ५२ जना प्रतिनिधि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुनेछ। वार्तामा पारवहन, व्यापार, लगानी, ऊर्जा, पूर्वाधार तथा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र मानव संशाधनलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा विभिन्न ऊर्जा तथा पूर्वाधार परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्याससमेत गरिनेछ।

प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुनेछ। मोदीसँगको भेटवार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने तथा भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ।

भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो नयाँ दिल्ली पुग्नुहुनेछ। सोमबार बिहान औपचारिक स्वागतपछि राजघाटमा श्रद्धाञ्जली अर्पण गर्ने र हैदरावाद हाउसमा प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ। त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गरी प्रधानमन्त्री शाह सोमबार दिउँसो स्वदेश फर्कने कार्यक्रम रहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

१ हप्ता अघि

आजको मुख्य समाचार

खोजी गर्नुहोस