FLASH NEWS

आजको मौसम : हेर्नुहोस

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ कार्तिक ४, मंगलबार (९ घण्टा अघि)
  • २६

    Shares

आजको मौसम : हेर्नुहोस
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको प्रभावका कारण देशका विभिन्न प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज मंगलबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा देशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
सम्भावित वर्षा, चट्याङ तथा हिमपातलाई ध्यानमा राख्दै महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस