FLASH NEWS

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज देशका केहि स्थानमा हल्का वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन ३०, शुक्रबार (११ घण्टा अघि)
  • २७

    Shares

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज देशका केहि स्थानमा  हल्का वर्षाको सम्भावना

काठमाडौँ :  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

देशका हिमाली भूभागका थोरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल रहनेछ। तराईका केही स्थानमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

रातिको समयमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस