FLASH NEWS

भोटेकोशी बाढीपीडितको सहयोगार्थ थाक्रेमा खुल्ला रक्तदान कार्यक्रम हुँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ भाद्र १७, बुधबार (५ घण्टा अघि)
  • ४३

    Shares

भोटेकोशी बाढीपीडितको सहयोगार्थ थाक्रेमा खुल्ला रक्तदान कार्यक्रम हुँदै

धादिङ :  भोटेकोशी बाढीबाट प्रभावित तथा पीडितहरूलाई सहयोग गर्ने उद्देश्यले एकीकृत सामुदायिक विकास अभियान (ICDC) नेपालले खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
ICDC नेपालको स्थापना दिवसको अवसरमा आयोजना गर्न लागिएको रक्तदान कार्यक्रम आगामी २०८३ भदौ २० गते शनिबार बिहान ९ः३० बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।
थाक्रे गाउँपालिका–६, महादेवबेँसीस्थित जनजागृति माध्यमिक विद्यालयको प्राङ्गणमा हुने कार्यक्रममा इच्छुक रक्तदाताहरूलाई सहभागी भई रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङले प्राविधिक सहयोग गर्नेछ भने जनजागृति माध्यमिक विद्यालयले व्यवस्थापनमा सहयोग गर्ने जनाएको छ।
बाढी तथा विपद्का समयमा आवश्यक पर्ने रगतको अभावलाई केही हदसम्म पूर्ति गर्न तथा मानवीय सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस