३६
Shares
भाटभटेनी सुपरमार्केटले व्यस्त दैनिकीका कारण नियमित समयमा किनमेल गर्न नभ्याउने उपभोक्तालाई सहजता प्रदान गर्न भदौ २ गतेदेखि भक्तपुरको राधेराधे शाखाबाट २४सै घण्टा सेवा सुरु गरेको छ।



नेपालकै सबैभन्दा ठूलो रिटेल चेनका रूपमा रहेको भाटभटेनीले रात्रिकालीन समयमा समेत स्टोर सञ्चालन गर्न स्थानीय सरकार तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गरी यो सेवा सुरु गरेको हो।
कम्पनीका अनुसार २४सै घण्टा सञ्चालन हुने यो सेवा छिट्टै काठमाडौंको टंगाल र ललितपुरको कृष्णगल्ली शाखामा समेत विस्तार गर्ने योजना रहेको छ। यससँगै रातिको समयमा समेत किनमेल गर्न चाहने उपभोक्ताले थप सहज र सुविधाजनक सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।






