FLASH NEWS

ज्योति माविमा डेंगू तथा किटजन्य रोग नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ २२, शुक्रबार (२ घण्टा अघि)
  • २८

    Shares

ज्योति माविमा डेंगू तथा किटजन्य रोग नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

धादिङ: थाक्रे गाउँपालिका–९ स्थित ज्योति माध्यमिक विद्यालय मा डेंगू लगायत विभिन्न किटजन्य रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा डेंगू, स्क्रब टाइफस लगायत विभिन्न किटजन्य रोगहरूको संक्रमण, लक्षण, बच्ने उपाय तथा समयमै उपचारको महत्वबारे जानकारी प्रदान गरिएको थियो। साथै, रोग सार्ने लामखुट्टे तथा अन्य किटहरूको बासस्थान पहिचान गरी खोज तथा नष्ट गर्ने अभियानसमेत सञ्चालन गरिएको थियो।

विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रममा घर, विद्यालय तथा समुदाय वरपर पानी जम्न नदिने, सरसफाइमा विशेष ध्यान दिने र रोग नियन्त्रणका लागि सबैले सामूहिक रूपमा भूमिका निर्वाह गर्नुपर्ने विषयमा जोड दिइएको थियो।
कार्यक्रमको समन्वय तथा सहजीकरण छाप चौतारा आधारभूत स्वास्थ्य सेवा केन्द्र ले गरेको थियो भने थाक्रे गाउँपालिका स्वास्थ्य शाखा, महादेववेशी, धादिङ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
स्वास्थ्य शाखाले वर्षायामसँगै डेंगू तथा अन्य किटजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले समुदायस्तरमा सचेतना अभिवृद्धि गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस